شرح تطبيق Gauradaha Municipality | गरदह नगरपलक وكيفية استخدامه
पुर्वि नेपाल झापा जिल्लाको पूर्व पश्चिम राजमार्ग वाट 10 कि.मि. दक्षिण भागमा अवस्थित गौरादह नगरपालिका प्रशस्त सम्भावना वोकेको नगर मध्ये एक हो. झापाको क्षेत्र नम्बर 5، दमक नगरपालिका र गौरीगञ्जको मध्यभागमा अवस्थित यो नगरपालिकाको कुल क्षेत्रफल 14 9 0.86 वर्ग कि.मि. रहेको छ. तत्कालिन स्थानीय विकास मन्त्रालयले 2072 आस्विन 1 गते थप 26 वटा नयाँ नगरपालिका थप्दा झापा जिल्लामा महारानीझोडा، जुरोपानी، कोहवरा र साबिकको गौरादह गरी यी 4 गाउँ विकास समितिहरूलाई समेटेर गौरादह नगरपालिका घोषणा गरिएकोमा नेपाल सरकारको राजपत्रमा मिति 2073 फागुन 27 गतेको निर्णय अनुसार साबिक बैगुनधुरा गा.बि .स लाई समेत समेटी बृहत नगरपालिका घोषणा भएको हो. यस नगरपालिकामा 9 वटा वडामा बिभजित भएको छ. यस गौरादह नगरपालिकाले जनतालाई सार्वजनिक सेवामा पँहुचको बिकास र विस्तार، सिहंदरबार आफ्नै घरआगनमा आएको अनुभूति दिलाउन، चुस्त، दुरुस्त، पारदर्शी، जवाफदेहि، जनताप्रति उत्तरदायि बनाउन र सुशासनको प्रत्याभुती दिने आफ्नो निति अनुरुप मुख्य कार्यालय र 9 वटा वडा कार्यालय स्थापना गरी सेवा प्रवाह गरिरहेको छ.
भौगालिक अवस्थिति
गौरादह नगरपालिकाको परिचय (सारसंक्षेप)
1) नगरपालिकाको स्थापना: 2072 साल असोज 1 गतेको मन्त्रिपरिषदको निर्णय अनुसार، पुनः 2073 साल फागुन 27 गते साविक वैगुनधुरा गाविसलाई समेत गाभेर बृहत नगरपालिका घोषणा भयो.
2) अवस्थिति
क) आक्षांस: आक्षांस 26.675000 26.708333 देखि उत्तर सम्म.
ख) देशान्तर: देशान्तर 87.2 9 1667 देखि 87.341667 पूर्वसम्म.
3) क्षेत्रफल: 14 9 0.83 वर्ग कि.मी.
4) सिमाना
क) पूर्व: कमल गाउंपालिका، झापा
ख) पश्चिम: रतुवामाई नागरपालिका मोरङ
ग) उत्तर: कमल गाउंपालिका، झापा
घ) दक्षिण: गौरिगञ्ज गाउंपालिका، झापा
नगरको प्रशासनिक विभाजन
1) संघिय प्रदेश नं. : 1
2) विकास क्षेत्र: पूर्वाञ्चल
3) अंचल: मेची
4) जिल्ला: झापा
5) जिल्ला सदरमुकाम: चन्द्रगडी
6) निर्वाचन क्षेत्र नं. : 5
7) जम्मा वडा संख्या: 9
नगरको मुख्य खोला तथा तालतलैया
1) खोलाहरु: रतुवा، किस्ने، गौरिया، तालपैनी، रामचन्द्रे
2) तालतलैयाहरु: 11 बिगाहा क्षेत्रमा फैलिएको गौरादहको दह पोखरी، अाल्ता खाडी، चान्दु सिमसार पोखरी
.
تنزيل APK الاصدار 1.1 المجانية Free Download
يمكنك تنزيل Gauradaha Municipality | गरदह नगरपलक APK 1.1 لـ Android مجاناً Free Download الآن عبر أبك داون مود.
الوسوم: Download Gauradaha MunicipalityGauradaha Municipality